Dhulikhel Eco Banner new

आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा

2.25K
shares

काठमाडौं, २१ मंसिर । आशा लघुवित्त वित्तीयले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ।

लघुवित्तले संस्थापक समूहको २ लाख ७५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयरका हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। यो समयावधिभित्र संस्थापक शेयरधनीहरुले काभ्रेको साँगास्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।