Dhulikhel Eco Banner new

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.43K
shares

काठमाडौं, २१ मंसिर । स्थानीय बजारमा शुक्रबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार तोलामा १ लाख ५० हजार ७ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार ६ सयले घटेर तोलामा १ लाख ५० हजार १ सय रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । बिहिबार तोलामा १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८९० रुपैयाँमा कायम भएको छ ।