Dhulikhel Eco Banner new

युनियन मेवा हाइड्रोको असार १७ गते साधारण सभा

5.45K
shares

काठमाडौं, २७ जेठ । युनियन मेवा हाइड्रो लिमिटेडको पाँचौं वार्षिक साधारण सभा असार १७ गते हुने भएको छ ।

सभा धोबिघाटस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा कम्पनीको रजिष्ट्रर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।