एकैदिन प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर ३० आइतवार १०:५२
2.37K
shares
shares

काठमाडौं,३० मंसिर । स्थानीय बजारमा साताको पहिलो दिन पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ५३ हजारमा कारोबार भएको सुनको मूल्य आईतबार घटेर तोलामा १ लाख ५० हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, आईतबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आईतबार तोलामा १ हजार ८४० रुपैयाँमा कायम भएको छ ।



















