Dhulikhel Eco Banner new

मेरो माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा

2.04K
shares

काठमाडौं, २ पुस । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा कुल ७.८९४७ प्रतिशत लाभांश दिने निणर्य गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।