सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस २ मंगलवार १०:५१
2.6K
shares
shares

काठमाडौं, २ पुस । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा १ लाख ५१ हजार २ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ५१ हजार ४ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोहि मूल्य कायम भएको छ ।



















