Dhulikhel Eco Banner new

शिखर इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

4.94K
shares

काठमाडौं, २७ जेठ । शुक्रबार नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो हकप्रद शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदबिक्री गर्न पाउनेछन् ।

कम्पनीले २०७८ चैत १ गतेदेखि ३१ गतेसम्म निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।