सूर्य नेपाल इस्टर्न ओपन सम्पन्न निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
वि.सं.२०८१ पुस १३ शनिवार १४:१४
shares

काठमाडौं, १३ पुस । धरानका प्रो निरज तामाङले कुलस्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ टुर २०२४-२५अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनकोउपाधि जितेका छन्।
उनले धरानकै प्रो शुक्र बहादुर राईकोरेकर्ड बराबरी गर्ने क्रममा १७-अन्डर १९३ को स्कोर सहितकरियरको दोस्रो उपाधि जिते। आज ५-अन्डर ६५ को उत्कृष्ट स्कोरमा निरजले विष्णु प्रसादशर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराए।
उपाधिसँगै निरजले १ लाख ५० हाजर प्राप्त गरे। उनले यहीप्रतियोगिताको पहिलो दिन शुक्रको नाममा रहेको७-अन्डरको कोर्स रेकर्ड पनि तोडेका थिए। पार ७० को धरान गल्फ क्लबमा ७-अन्डर २०३ स्कोर सहितविष्णु दोस्रो भए। उनले आज २-अन्डर ६८ को कार्ड बनाए रनगद १ लाख आफ्नो नाममा लेखाए।
धरानका बलभद्र राई ३-अन्डर २०७ सहित तेस्रो हुँदै ७५ हजार जित्न सफल रहे। उनले आज १-ओभर ७१ स्कोर निकाले। सात स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको खेलकोसुरूवात गरेका निरजले एकपक्षीय शैलीमा उपाधि जिते।सानदार सुरूवात गरेका उनले फ्रन्ट नाइनमा ५-अन्डर ३१ खेले।
पहिलो देखि तेस्रो होलसम्म लगातार तीन बर्डी प्रहारगरेका निरजले बोगी फ्री फ्रन्ट नाइन खेल्ने क्रममा छैटौं रनवौं होलमा पनि एक-एक सट जोगाए। फ्रन्ट नाइन सकिंदा निरजले शुक्रको रेकर्ड तोड्ने संकेत देखाए। दशौं होलको डबल बोगी र एघारौं होलको बोगीलेत्यो सम्भावनालाई कमजोर बनायो।
तर बार्हौं, तेर्हौं र सत्रौंहोलमा बर्डी खेल्दै उनले ब्याक नाइन इभन-पार ३४ मासकाए। नयाँ रेकर्ड कायम गर्नबाट थोरैले चुकेपनि निरजले५४-होलको विजयी स्कोर भने बराबरी गरे। विष्णुले तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४-अन्डर ३२ मा पुरा गरे।
ब्याक नाइनमा पनि चार बर्डीप्रहार गरे तर दुई होलमा बोगी खेप्दै विष्णुले २-ओभर ३६खेले। उनले १३औ, १४औं, १६औं र १७औं होलमा एक-एकसट बचाए। १५औं / १८औं होलमा बोगी प्रहार गरे।
धरानका बलभद्रले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए।पहिलो र चौथो होलमा बोगी प्रहार गरेपनि छैटौं र नवौंहोलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा १-ओभर ३५ खेले। उनले ११औं होलको बर्डी विरूद्ध १३औं र १६औं होलमा एक-एक सट खेर फाले।
भुवन नगरकोटी र रवि खड्का २-अन्डर २०८ सहित चौथोस्थानमा रहे। अन्तिम दिन भुवनले ४-अन्डर ६६ र रविले २-अन्डर ६८ खेले। उनीहरूले जनही ५५ हजार प्राप्त गरे।समग्रमा १-अन्डर २०९ को नतिजामा धन बहादुर थापा ९७०० र भुवन कुमार रोक्का ९७३० छैटौं हुँदै जनही ४४ हजार नगदपुरस्कार हात पारे।
समग्रमा १-ओभर २११ स्कोर बनाएकारामे मगर ९७१० आठौं भए। उनी ३८ हजार नगद पुरस्कारकोहकदार बने। यसैगरी समग्रम ४-ओभर २१४ स्कोरमा टंक बहादुर कार्की रसञ्जय लामाले नबौं स्थानमा बाँडे। जनही ३३ हजार ५ सयनगद पुरस्कार पाएका टंकले २-ओभर ७२ र सञ्जयले ४-अन्डर ६६ को स्कोर दर्ज गरे।
एमेच्योरतर्फ धरानका सुमन परियारले सुन्दर राईलाई दुईस्ट्रोकले हराउँदै उपाधि जिते। अन्तिम दिन १-अन्डर ६९सहित समग्रमा सुमनले १-अन्डर २०९ स्कोरमा प्रतियोगिता सकाए। सुन्दरले १-ओभर २११ मा खेल पुरा गरे। उनले पनिआज १-अन्डर ६९ मा खेल सकाए।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिकाडेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघकाउपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरे। ५४ होलकोप्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशीरहेको थियो। तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७एमेच्योर गरी कुल ५६ गल्फरको सहभागीता रहेको थियो।शनिबार प्रो-एम इभेन्ट हुनेछ।

















