एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा सिताराम थपलिया सर्वसम्मत
वि.सं.२०८१ पुस १४ आइतवार ११:५८
shares

काठमाडौं, १४ पुस । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड सञ्चालक समितिको सेट नै परिवर्तन भएको छ । शुक्रबार बसेको कम्पनीको १२ औँ साधारणसभाले नयाँ ६ जना सञ्चालक निर्वाचित गरेको हो ।
पुस १२ गते सम्पन्न वार्षिक साधारण सभाले गठन गरेको सञ्चालक समितिको बैठक सञ्चालक समितिको जेष्ठ सदस्य रमेश कुमार पोखरेलको अध्यक्षतामा बसी सिताराम थपलियालाई सर्वसम्मत् अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
साथै सोही बैठकले स्वतन्त्र सञ्चालक दिलिप मुनंकर्मीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।
स्वतन्त्र सञ्चालक मुनंकर्मीले गत पुस १२ गते पदबाट राजीनामा दिएको जानकारी कम्पनीेले दिएको छ ।

















