Dhulikhel Eco Banner new

राष्ट्र बैंकका २६ निर्देशकको सरुवा, हेर्नुस कुन विभागमा को ?

3.3K
shares

काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकका विभिन्न विभागका निर्देशकहरूको सरुवा भएको छ । गभर्नर महाप्रसाद अधिकारीले एकैपटक २६ जना निर्देशकहरुको सरुवा गरेका हुन्।

लामो समयदेखि महत्वपूर्ण जिम्मेवारीमा रहेका निर्देशकहरुलाई अर्कै विभागमा पठाइएको छ भने महत्वपूर्ण विभागको निर्देशकमा नयाँ निर्देशकहरु राखिएको हो ।

हाल नियमन विभाग रहेका निर्देशक डा. सत्येन्द्र तिमिल्सिनालाई गभर्नरको कार्यालयमा तानिएको छ भने उनको ठाउँमा नियमन विभागमा नेपालगन्ज कार्यालयमा रहेका देवेन्द्र गौतमलाई ल्याइएको छ। नियमनका रहेका राजनदेव भट्टराईलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

आर्थिक अनुसन्धान विभागका नारायणप्रसाद पोख्रेललाई नेपालगन्ज पुर्‍याइएको छ। जनकपुरबाट माधव दाहाललाई आर्थिक अनुसन्धान विभाग ल्याइएको छ। धनगढीबाट सुवास आचार्यलाई बैंक सुपरिवेक्षण विभाग ल्याइएको छ। बैंक सुपरिवेक्षणका शैलेन्द्र रेग्मीलाई विराटनगरको जिम्मेवारी दिइएको छ भने विराटनगरबाट बुद्धराज शर्मालाई आर्थिक अनुसन्धान विभाग तानिएको छ।

बैंक सुपरिवेक्षणका सुदीप फुयाललाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। वीरगन्ज कार्यालयका शरणकुमार अधिकारीलाई गैरबैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागमा ल्याइएको छ। त्यहाँका गिरिजाप्रसाद कोइरालालाई कानुन महाशाखा पुर्‍याइएको छ।

वित्त व्यवस्थापन विभागबाट इन्द्रा चाम्लागाइँ मैनालीलाई नियमनमा लगिएको छ। वित्त व्यवस्थापन विभागकी मीना पाण्डेलाई बैंक सुरिवेक्षणमा सरुवा गरिएको छ।