नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम
वि.सं.२०८१ पुस २४ बुधवार ०९:२०
shares

काठमाडौं, २४ पुस । नेपाल एसबिआई बैंकले पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिर पुननिर्माणका लागि १० लाख आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम शर्मा पहारीलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम मन्दिर पुननिर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिने भएको हो ।
कम्पनीका अनुसार उक्त कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, सञ्चालक, पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

















