शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ पुस २४ बुधवार १५:२५
shares

काठमाडौं, २४ पुस । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.५३ अंकले बढेर २,६५३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४० कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ४० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।
यसदिन बाराही हाइड्रोपावरका लगानीकर्ताले ९.६९ प्रतिशतका दरले गुमाएका छन् भने त्रिशुली जलविद्युतका लगानीकर्ताले ६.१३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी दोल्ती पावरका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका छन् भने दोर्दी खोला त्रिशुली जलविद्युतका लगानीकर्ताले द्धं४८ प्रतिशतका दरले गुमाएका छन् ।















