प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस २६ शुक्रवार ११:०८
3.74K
shares
shares

काठमाडौं, २६ पुस । स्थानीय बजारमा शुक्रबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा १ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार ८ सयले बढेर तोलामा १ लाख ५४ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ८४० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ८४५ रुपैयाँमा कायम भएको छ ।

















