Dhulikhel Eco Banner new

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

2.16K
shares

काठमाडौं, २९ पुस । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ९ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४३ हजार ६०३ कित्ता शेयर बिक्रीमा राखेको छ।

हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापकलाई शेयर किन्न दिइएको अवधिभित्र शेयर बिक्री नभएको खण्डमा मात्रै सर्वसाधारणलाई खरिद प्रस्ताव गर्न सकिने प्रावधान रहेको छ।

सो शेयर खरिद गर्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा बुझाउनु पर्नेछ।