Dhulikhel Eco Banner new

सुनको मूल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.08K
shares

काठमाडौं, १ माघ । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा १ लाख ५५ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार ८ सयले घटेर तोलामा १ लाख ५५ हजारमा कायम भएको हो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ८२० रुपैयाँमा कायम भएको छ ।