ग्लोबल आइएमई लघुवित्तको १२ औं वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८१ माघ १ मंगलवार ११:२५
shares

काठमाडौं, १ माघ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा पोखरा लेकसाईड स्थित बेस्ट रिर्सोट नेपाल प्रालि को सभाहलमा भएको थियो । सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
वित्तीय संस्थाका कम्पनी सचिव एवम् प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशिको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थिए भने उपस्थित सम्पुर्णलाई सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।
कार्यक्रममा शेयरधनीबाट उठेका जिज्ञासा एवम् सुझावहरुको जवाफ दिँदै संस्थाका अध्यक्ष अकेलाले यस विषम परिस्थितिमा पनि वित्तीय संस्थाका सूचकांकहरु अब्बल रहेको र आगामी दिनमा आफ्ना शेयरधनी एवम् ग्राहक सदस्यहरुको सर्वोपरि हित हुने गरि कार्य गरिने बताए ।
राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ५४ जिल्लामा १२१ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ५२ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै करिब ९अर्ब ६५ करोड कर्जा लगानी गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।

















