Dhulikhel Eco Banner new

आरएसडिसी लघुवित्तले कमायो ४ करोड ४१ लाख नाफा

2.29K
shares

काठमाडौं, ६ माघ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।सार्वजनिक सोही विवरण अनुसार गत आवको यसै अवधिको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा ३६.२५ प्रतिशत घटेको हो।

चालू आवको पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी समेत ८.११ प्रतिशतले घटेर ११ करोड २१ लाख रुपैयाँमा झरेको छ। गत आवको यसै अवधिमा कम्पनीको यस्तो नाफा ६ करोड ९३ लाख रुपैयाँ थियो। गत आवको यसै अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२ करोड २० लाख रुपैयाँ थियो।

गत आवमा कम्पनीको सञ्चालन नाफा ९ करोड ९० लाख रुपैयाँ रहेकोमा चालू आवमा ३४.६८ प्रतिशतले घटेर ६ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ। यसै अवधिमा इम्पेयरमेन्ट चार्ज ४१ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत र खुद सञ्चालन आम्दानी ३०.४८ प्रतिशतले घटेको छ। यस अवधिमा वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ छ। कम्पनीको आधारदर ४.१२ प्रतिशतले घटेर ७.७८ प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) १०.३७ रुपैयाँले घटेर ९.३६ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३२.२९ रुपैयाँ छ।

चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भमा १७ करोड ३७ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङमा १३ करोड ११ लाख रुपैयाँ रहेको छ।