Dhulikhel Eco Banner new

गुराँस लघुवित्तको नाफा दोब्बर वृद्धि

2.11K
shares

काठमाडौं, ६ माघ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासिकमा १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा १०० प्रतिशतले वृद्धि भएको हो।

गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा ७७ लाख रुपैयाँ मात्रै थियो। कम्पनीको सञ्चालन नाफा पनि ७९ लाख रुपैयाँबाट वृद्धि भएर २ करोड ४५ लाख रुपैयाँ पुगेको छ। यसै अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९५.३४ प्रतिशतले वृद्धि भएर ५ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जुन गत आवमा २ करोड ८९ लाख रुपैयाँ थियो।

गत आवको पुस मसान्तसम्म कम्पनीले ४ करोड २९ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो, जुन चालू आवको सोही अवधिमा बढेर ७ करोड १३ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको खराब कर्जा ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) २६.७० रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३६.८३ रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ४ करोड २६ लाख रुपैयाँ रहेको छ।