सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ ७ सोमवार ११:५७
shares

काठमाडौं, ७ माघ । स्थानीय बजारमा सोमवार पहेँलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार तोलामा १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुनको मूल्य सोमवार १ सयले घटेर तोलामा १ लाख ५७ हजारमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार पनि सोहि मूल्यमा कायम भएको छ ।

















