Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला १ हजार १ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.87K
shares

काठमाडौं, ८ माघ । स्थानीय बजारमा मंगलवार पहेँलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार तोलामा १ लाख ५७ हजारमा कारोबार भएको सुनको मूल्य मंगलवार १ हजार १ सयले बढेर तोलामा १ लाख ५८ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । सोमवार १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार बढेर १ हजार ८७५ रुपैयाँमा कायम भएको छ ।