Dhulikhel Eco Banner new

पोखरा फाइनान्सले गर्‍यो मर्जर समिति गठन

2.67K
shares

काठमाडौं, १० माघ । पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियालाई अघि बढाउन मर्जर समिति गठन गरेको छ। कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

हालको कमजोर वित्तीय अवस्था र समस्याग्रस्त अवस्थामा पुगेपछि पोखरा फाइनान्सले सम्भावित समाधानका रूपमा मर्जरको बाटो रोजेको हो।

आगामी दिनमा उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने योजना सार्वजनिक गरेको हो। सञ्चालक समितिले हालै सम्पन्न साधारण सभाको निर्णय अनुसार मर्जर वा प्राप्ति प्रक्रियालाई अघि बढाउने जिम्मा पाएको थियो।

उक्त निर्णयले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग समाहित, गाभ्ने वा गाभिने प्रक्रियामा पहल गर्न अनुमति दिएको छ। यसलाई कार्यान्वयन गर्न कम्पनीले विशेष समिति गठन गरी आवश्यक तयारी सुरु गरेको हो।