Dhulikhel Eco Banner new

सामुदायिक लघुवित्तले फागुन ६ गते बोलायो साधारणसभा, हेर्नुस् बुक क्लोज कहिले ?

2.5K
shares

काठमाडौंं, १४ माघ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ६ गते मंगलबार ११औँ साधारणसभा बोलाएको छ । कम्पनीले काभ्रेपलाञ्चोकको पनौतीस्थित स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि बस्ने गरी सभा बोलाएको हो ।

गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने र सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि तय गरिएको छ।

लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको कम्पनीले संस्थापकतर्फ ६१.११ र सर्वसाधारणतर्फ ३८.८९ प्रतिशत हुने गरी शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पेश गर्नेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ २४ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।