Dhulikhel Eco Banner new

नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक, एक महिनाको तलब थप

3.59K
shares

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदन गरेको छ । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले २०१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक वितरण गरेको हो ।

५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ ।पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको छ ।

२० वर्ष भन्दा बढी काम गरेर दीर्घसेवा पदक प्राप्त गरेका सो संख्याका कर्मचारीलाई उक्त पदक र एक महिनाको तलबसहित सम्मान गरिएको हो ।