Dhulikhel Eco Banner new

अब टेलिकमको वेबसाइटबाटै ई-सिम र भीओआईपी सेवा लिन सकिने

2.37K
shares

काठमाडौं, २२ माघ । मंगलवार नेपाल टेलिकमले विशेष कार्यक्रम आयोजना गर्दै २१ औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा भीओआईपी सेवा र वेबसाइटबाटै ई-सिम लिनसक्ने सेवाको सुरुवात गरेको छ । आजबाट इ-सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् । उनका अनुसार अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो ।

अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् । यसबाट मोबाइल नेटवर्क नभएका तथा कमजोर भएका क्षेत्रमा वाईफाई सेवाबाटै मोबाइल सरह कुराकानी गर्न सकिने छ । इ-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो ।

इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।