शेयर बजारमा सामान्य अंकले गिरावट, १२२ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८१ माघ २३ बुधवार १५:०९
shares

काठमाडौं, २३ माघ । बुधवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार ४.४५ अंकले घटेर २,७११ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ९५ करोडको कारोबार भएको हो ।
सामान्य अकंले घटेको शेयर बजारमा उपकार लघुवित्त र छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।

















