राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सिइओका लागि दरखास्त आह्वान
वि.सं.२०८१ माघ २८ सोमवार १२:०१
shares

काठमाडौं, २८ माघ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको हो ।
आवेदनपत्रमा नेपाली नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, कार्य अनुभव र प्रमुख कार्यकारी अधिकृतको कार्यादेशअनुसार बिजिनेस प्लानको दुई प्रति, संस्थागत स्वीकृति पत्र, नैतिक पतन र फौजदारी कसूर नभएको, र राजनीतिक दलसँग संलग्न नभएको प्रमाणपत्र पेस गर्नुपर्नेछ।
कम्पनीको कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि न्यूनतम योग्यता र अनुभव पूरा भएका योग्य इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त पेस गर्न सूचनामा उल्लेख छ ।


















