कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
वि.सं.२०८१ फागुन ४ आइतवार १०:१९
shares

काठमाडौं, ४ फागुन । कुमारी बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
यसअघि बैंकले सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर खरिदका सूचना जारी गरेको थियो । तर, सो शेयर खरिदका लागि तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन नपरेपछि बैंकले अहिले भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्साल स्थित शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।















