Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला २ हजार ७ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

1.9K
shares

काठमाडौं, ४ फागुन । स्थानीय बजारमा आईतवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार तोलामा १ लाख ७० हजार २ सयमा कारोबार भएको सुनको मूल्य आईतवार २ हजार ७ सयले घटेर तोलामा १ लाख ६७ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, आईतवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आईतवार घटेर तोलामा १ हजार ९५५ रुपैयाँमा कायम भएको छ ।