प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ फागुन ९ शुक्रवार १२:१२
3K
shares
shares

काठमाडौं, ९ फागुन । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार तोलामा १ लाख ७१ हजारमा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजारले घटेर तोलामा १ लाख ७० हजारमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । बिहीवार तोलामा १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार घटेर प्रतितोला १ हजार ९९० मा कायम भएको छ ।

















