पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ निष्कासन गर्दै
वि.सं.२०८१ फागुन ९ शुक्रवार १२:३५
shares

काठमाडौं, ९ फागुन । पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
फागुन २० गतेदेखि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन हुन लागेको हो ।
कम्पनीले १ लाख ६० हजार कित्ता शेयर बाँके जिल्लाका स्थानीयबासीका लागि र १ लाख ४४ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन गर्न लागेको हो । आयोजना प्रभावितले प्रतिव्यक्ति १० देखि अधिकतम १६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अधिकतम ७ हजार २ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
प्रभावित स्थानीयले छिटोमा चैत ५ गतेसम्म र ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
पियोर इनर्जी कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन हुन लागेको हो ।वैदेशिक रोजगारमा रहेकाले भने अनलाइन प्रणाली मेरोशेयरमार्फत आवेदन दिन सक्नेछन् ।
स्थानीय प्रभावितले सौर्य विद्युत् उत्पादन केन्द्र खजुरा ८, नबिल बैंक कोहलपुर तथा नेपालगन्ज, लक्ष्मी सनराइज बैंक कोहलपुर र नेपालगन्ज, सिद्धार्थ बैंकको शाखा खजुरा र बीपी चोक तथा कुमारी बैंकका शाखा खजुरा र रिमझिम बजारबाट आवेदन दिन सक्नेछन् ।



















