Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले वृद्धि, १८६ कम्पनीको शेयर मूल्य बढ्यो

2.56K
shares

काठमाडौं, १५ फागुन । बिहीवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४९.१५ अंकले बढेर २,८१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ३९ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उपर हेवाखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.१७ प्रतिशतका दरले गुमाएका छन् ।