Dhulikhel Eco Banner new

नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, नयाँ–पिढीका मोबिलिटी समाधानको प्रदर्शनी

4.06K
shares

काठमाडौं, १५ फागुन । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंकले बिहीवार बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ। नेपालमा चिनियाँ दुतावासका कमर्शियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत अन्य उच्च अधिकारी र सञ्चारकर्मीहरुको उपस्थितिमा यो विशेष इभेन्ट आयोजना गरिएको हो।

यो इभेन्टको मुख्य आकर्षण बीवाईडीका अत्याधुनिक सवारी साधनहरू थिए, जसमा याङवाङ यु८, एफसीबी बाओ, डेन्जा जेड, डेन्जा डी९ र बीवाईडी शार्क ६को सार्वजनिक प्रदर्शन गरिएको थियो। यी सवारी साधनहरूले अटोमोटिभ टेक्नोलोजीको नयाँ युगको प्रतिनिधित्व गर्छन्, जसले इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनः परिभाषित गर्दै सुरक्षा, पर्फमेन्स र नवप्रवर्तनको अत्याधुनिक प्रगति प्रस्तुत गरेको जनाएको छ।

कम्पनीका अनुसार इभेन्टमा विभिन्न नयाँ मोडेलहरूको लाइभ डेमो प्रदर्शन गरिएको थियो, जसमा बीवाईडीका पछिल्ला मोडेलहरू र उनीहरूको प्रमुख प्रविधिहरू देखाइएका थिए। बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको थियो, जसले यसको सुरक्षा र स्थायित्वको क्षमता देखाएको थियो। यो ब्याट्री थर्मल रनवे जस्ता खतरनाक अवस्थाहरूमा पनि सुरक्षित रहन सक्षम रहेको पुष्टि गरिएको छ। साथै, बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० को प्रस्तुति पनि गरिएको थियो, जसले अधिक क्षमता भएको पावर आउटपुट, अप्टिमाइज गरिएको ब्याट्री क्षमता र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट प्रणाली प्रदान गर्दछ। डेन्जा जेड९जीटी को कम्पास टर्न फिचरले सानो स्थानमा पनि सजिलै सवारी चलाउन सकिन्छ भने अटोमेटिक पार्किङ फिचरले पार्किङलाई सहज बनाउँछ। यसका साथै, एफसीबी बाओ ५ को इन्टेलिजेन्ट सस्पेन्सन सिस्टमले विभिन्न सतह र टेरेनमा पनि सवारीको राइड कम्फर्ट र स्थिरता प्रदर्शन गरेको थियो।

याङवाङ यु८ मा रहेको क्रान्तिकारी ट्यांक टर्न फिचरले यसलाई अफ–रोडमा उच्च प्रदर्शनका लागि सक्षम बनाउँने कम्पनीले जनाएको छ । यसमा डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम पनि देखाइएको थियो, जसले अति कठिन कन्डिसनमा पनि स्थिरता र अनुकूलता प्रदान गर्दछ।

बीवाईडी हाई–टेक विकले अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अघि बढाउने बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। यस इभेन्टमा प्रदर्शित प्रविधिहरूले बीवाईडीको नेतृत्वलाई ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बल दिएको छ।

साइमेक्स इंक प्रा. ली का चेयरम्यान, अनिल श्रेष्ठले इभेन्टको अवसरमा भने, “न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सम्भावनाका सबै सिमाहरुलाई बीवाईडीले पार गर्दै आएको छ। बीवाईडी हाई–टेक विकले हाम्रो भिजनको झलक प्रस्तुत गर्दै नेपालमा हालसम्मकै अत्याधुनिक अटोमोटिभ टेक्नोलोजी उपलब्ध गराउँछ।”

बीवाईडी हाई–टेक विक २०२५ फेब्रुअरी २७ देखि मार्च २ सम्म जारी रहनेछ। प्रत्येक दिन तीन फरक चरणमा विभिन्न गतिविधिहरू हुनेछन्, र अवलोकनकर्ताहरूले आफूलाई अनुकूल समय अनुसार इभेन्टको अनुभव गर्न सक्नेछन्। बीवाईडी हाई–टेक विक २०२५ का टिकटहरू ई(सेवा मार्फत उपलब्ध छन्। विद्यार्थीहरूलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा प्रदान गरिने जनाएको छ।