Dhulikhel Eco Banner new

कुलमान घिसिङको स्पष्टीकरण : मलाई पदबाट हटाउने मन्त्रालयको अधिकार छैन्

3.08K
shares

काठमाडौं, १५, फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री दीपक खड्काले २४ घण्टे स्पष्टिकरण सोधेको विषयमा जवाफ दिएका छन्। घिसिङले आफ्नो पदबाट हटाउने अधिकार मन्त्रालयसँग नभएको बताएका हुन् ।

आफ्नो नियुक्ति मन्त्रिपरिषद्को निर्णय अनुसार चार वर्षका लागि भएको र कानुनी प्रक्रिया पूरा गरेर नियुक्ति गरिएको कारण मन्त्रालयले कारबाही गर्न नसक्ने उनले बताए । उनले  आफ्नो जवाफमा, नेपाल सरकारको कार्यसञ्चालन नियमावली र नेपाल विद्युत प्राधिकरणको सेवा शर्तसम्बन्धी विनियमावलीलाई आधार बनाउँदै स्पष्टिकरण दिएका छन्। उनले आफूमाथि लगाइएका आरोपहरूलाई मनोगत भएको भन्दै आफूले गरेको कामको प्रगति सूचकांक नै आफ्नो कामको प्रमाण भएको उल्लेख गरेका छन्।

त्यसैगरी, उनले मन्त्रीलाई प्रतिप्रश्न गर्दै, “मेरो पूर्व स्पष्टिकरण के कारणले चित्तबुझ्दो भएन ?” भन्ने प्रश्न गरेका छन्। उनले स्पष्टिकरण माग्दा कुनै ठोस आधार नदिइएको भन्दै यसले उचित प्रतिवादको मौका नदिएको बताएका छन्।

घिसिङको यो जवाफसँगै, मन्त्री खड्काले सोधेको प्रश्न र घिसिङको स्पष्टीकरण बिच थप विवाद उत्पन्न हुने संकेत रहेको छ।