युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस
वि.सं.२०८१ फागुन १५ बिहीवार १६:४९
shares

काठमाडौं, १५ फागुन । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
बोटिम एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्दत गर्ने विश्वास कम्पनीले राखेको छ ।
यहि फागुन १५ देखि चैत्र १५ सम्म लागु हुने अफर अन्तर्गत नेपाली १० हजार वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समय देखि सेवा दिँदै आएको छ।















