यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८१ फागुन १९ सोमवार १०:१२
shares

काठमाडौं, १९ फागुन । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३९.७० रुपैयाँ र बिक्रीदर १४०.३० रुपैयाँ कायम भएको छ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.७२ रुपैयाँ र बिक्रीदर १७६.४८ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.६३ रुपैयाँ र बिक्रीदर १५५.२९ रुपैयाँ रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६.७३ रुपैयाँ र बिक्रीदर ८७.११ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.५७ रुपैयाँ र बिक्रीदर ९६.९९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.४० रुपैयाँ र बिक्रीदर १०३.८४ रुपैयाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ निर्धारण गरिएको छ ।















