Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.02K
shares

काठमाडौं, २५ फागुन । स्थानीय बजारमा आईतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार तोलामा १ लाख ७० हजार २ सयमा कारोबार भएको सुनको मूल्य आईतबार १ सयले बढेर तोलामा १ लाख ७० हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, आईतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।शुक्रवार तोलामा १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर १ हजार ९८५ रुपैयाँमा कायम भएको छ ।