Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट, २१७ कम्पनीको शेयर मूल्य घट्यो

2.35K
shares

काठमाडौं, २५ फागुन । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४६.३३ अंकले घटेर २,७७२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब ९ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र आइसिएपसि फाइनान्स डिबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

राताम्य शेयर बजारमा सिन्धु विकास र उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।