Dhulikhel Eco Banner new

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब नौ अर्ब राजस्व संकलन

3.25K
shares

काठमाडौं, ३ चैत । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो ।

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ ।

वीरगञ्ज भन्सारले चालु आवको साउनमा  १२ अर्ब १५ करोड भदौमा १३ अर्ब ४२ करोड,असोजमा  १३ अर्ब ४७ करोड कात्तिकमा  ११ अर्ब १० करोड र मङ्सिरमा भने  १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा  १४ अर्ब ४४ करोड र फागुनमा  १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।