साझा यातायातको सीईओका लागि पुनः दरखास्त आह्वान
वि.सं.२०८१ चैत ३ आइतवार १०:२९
shares

काठमाडौं, ३ चैत । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ ।यसअघि गत पुस २९ गते गरेको दरखास्त आह्वानमा पर्याप्त आवेदन नपरेपछि यातायातले पुनः दरखास्त आह्वान गरेको हो।
आवेदन दिने म्याद आगामी २१ दिनसम्म तोकिएको छ। साझा यातायातको सीईओका लागि कम्तीमा ३ जनाको स्वीकृत आवेदन पर्नु पर्ने व्यवस्था रहेको छ।
यसका लागि व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहेको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।
त्यस्तै, सरकारी सेवा वा कानून बमोजिम दर्ता भएको संघसंस्थामा अधिकृत स्तरमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा दसौं तह वा सो सरहेको पदमा सात वर्ष काम गरेको अनुभव र ३५ वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ।


















