राष्ट्र बैंकको सह-प्रवक्ता तथा सूचना अधिकारीमा सुमन न्यौपाने नियुक्त
वि.सं.२०८१ चैत ४ सोमवार १८:१४
2.6K
shares
shares

काठमाडौं, ४ चैत । नेपाल राष्ट्र बैंकको सह-प्रवक्ता तथा सूचना अधिकारीमा सुमन न्यौपाने नियुक्त भएका छन् । सोमवारदेखि लागू हुनेगरी राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा न्यौपाने नियुक्त भएका हुन् ।
हालका सूचना अधिकारी डा. डिल्लीराम पोखरेल गभर्नरको कार्यालय पुगेका छन् । उनी गभर्नर कार्यलयको कायम मुकायम कार्यकारी निर्देशकको भूमिकामा रहनेछन् ।















