नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघद्वारा साईकल र्याली सम्पन्न
वि.सं.२०८१ चैत १२ मंगलवार १७:०९
5.4K
shares
shares

काठमाडौं, १२ चैत । २०४औँ ग्रीस स्वतन्त्रता दिवसको अवसरमा नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघद्वारा मंगलवार साइकल र्याली सम्पन्न भएको छ। साइकल र्यालीको प्रारम्भ महादेव पार्वती दबू, काठमाडौं दरबार क्षेत्रबाट बिहान ७ बजेबाट भएको हो।
र्यालीको समाप्ति पश्चात ग्रीक कन्सुलर कार्यालय, सानेपामा झण्डोतोलन कार्यक्रम र नयाँ आजिवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ। बुधवार दिउँसो २ बजे देखि ६ बजे सम्म टेम्पल प्यालेस क्याफे, मरु प्याफलमा ग्रीक खाना उत्सव आयोजना समेत गरिने भएको छ।

















