Dhulikhel Eco Banner new

रोजगारदाता र श्रमिकलाई जोड्ने ‘पिटिइवर्क’ एप सुरु

6.02K
shares

काठमाडौं, १२ चैत । मंगलवार काठमाडौंको शंकर होटेलमा पार्ट टाइम इजि वर्क (पिटिइवर्क) नामक एपको एक समारोहको बिच उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले यो एपले मूलुकमा डिजीटल पोर्टलको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने बताएका छन् । उनका अनुुसार एपको मुल नारा नै डाइरेक्ट डिल, नो किचकिच हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दशरथ गिरीले यो एपले रोजगारदाता र श्रमिकबिचको सम्बन्धलाई एउटा पुलको भुमिका निवार्ह गर्ने बताएका छन् । गिरीका अनुसार उक्त एपको मुख्य उद्देश्य नै श्रमिक र श्रमदाता बिच सहकार्य गराउने माध्यम हो ।