Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब २० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.39K
shares

काठमाडौं, १३ चैत । शेयर बजारमा ४ अर्ब २० करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४१ करोड ८६ लाख कारोबार भएको छ ।

यसदिन पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख कारोबार भएको छ भने गार्डियन माइक्रो लाइफको २२ करोड ९८ लाख कारोबार भएको छ ।

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको ११ करोड ६२ लाख कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको १० करोड ६६ लाख कारोबार भएको छ ।