प्रतितोला १ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ चैत १४ बिहीवार १०:५०
2.28K
shares
shares

काठमाडौं, १४ चैत । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधवार तोलामा १ लाख ७३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार १ हजार ३ सयले बढेर प्रतितोला १ लाख ७४ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ३० रुपैयाँले बढेर बिहीवार तोलामा २ हजार २० रुपैयाँमा कारोबार भएको छ ।



















