Dhulikhel Eco Banner new

यस्तो छ बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर

2.09K
shares

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरोको मूल्यमा गिरावट आएको हो ।

राष्ट्र बैं‌कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । बुधबार एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा थियो ।

युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा रहेको छ । बुधबार युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको थियो ।

आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ३० पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।