काठमाडौं जिल्ला प्याब्सन कार्यसमितिले पायो पुर्णता
वि.सं.२०८१ चैत २४ आइतवार १७:२७
shares

काठमाडौं, २४ चैत । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) काठमाडौंको कार्यसमितिले पुर्णता पाएको छ । चैत २२ गते शुक्रवार जिल्लाको तेस्रो पुर्ण बैठकले जिल्ला समितिमा केही पदाधिकारी तथा सदस्य चयन गर्दै समितीलाई पुर्णता दिएको हो।
प्याब्सन जिल्ला अध्यक्ष नवराज भट्टको अध्यक्षता र केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा बसेको बैठकले उपाध्यक्षमा सुर्य बहादुर भण्डारी र सुर्य बहादुर केसिलाई चयन गरेको हो। त्यस्तै सह-सचिवमा डिएन सिवाकोटी, सह-कोषाध्यक्षमा सुशील प्रसाईं, अनिल सुब्बा र सदस्यमा राजेश श्रेष्ठ चयन भएका छन्।
त्यस्तै बैठकले शैक्षिक गुणस्तरको अभिवृद्धि , पेसागत हकहितको प्राप्ति ,साङ्गठनिक सुदृढीकरण एवम् विस्तारमा पुर्याइएको योगदानको मूल्याङ्कन गर्दै पुर्व जिल्ला सचीव ओम ढकाललाई कानुनी सल्लाहकारमा चयन गरेको हो। तेस्रो पुर्ण बैठकले संगठन र आर्थिक सम्बन्धी विभिन्न महत्वपुर्ण निर्णय गरेको कोषाध्यक्ष डिएन अधिकारीले बताए ।
संगठन सम्बन्धी विभिन्न विभागहरु गठन पनि गरेको छ। त्यस्तै बैठकले निजी विद्यालयमा आपतकालिन अवस्थामा सगयोग पुर्याउन प्याब्सन वेलफेयर फन्ड बनाउने र खर्चमा मितव्ययी गर्ने निर्णय गरेको अधिकारीले बताए।
बैठकमा हालै सम्पन्न महाधिवेशनमा काठमाडौ जिल्लाबाट केन्द्रमा निर्वाचित भएका अध्यक्ष लगाएत पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष अधिकारीले कम्पनीमा सञ्चालित विद्यालयहरू अब बन्ने शिक्षा ऐनमा पनि कम्पनीमा नै रहने व्यवस्था हुनुपर्ने, निजी विद्यालयले प्राविधिक शिक्षा पठनपाठन गर्न मिल्ने गरि व्यवस्था हुनुपर्ने, निजी विद्यालयहरूले मुलुकको शिक्षा दिएको सकरात्मक योगदानको कदर हुनुपर्ने लगायतका कुराहरूमा जोड दिए।
















