Dhulikhel Eco Banner new

शेयर बजारमा २२१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.22K
shares

काठमाडौं, २५ चैत । सोमवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३२.४५ अंकले घटेर २,६७० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ६५ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ९.०९ प्रतिशतका दरले घटेको छ ।

यसदिन हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.३५ प्रतिशतका दरले गुमाएका छन् भने समृद्धि फाइनान्सका लगानीकर्ताले ४.०१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ३.९८ प्रतिशतका दरले गुमाएका छन् भने सिकलेस हाइड्रोपावरका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका छन् ।