Dhulikhel Eco Banner new

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.97K
shares

काठमाडौं, २६ चैत । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार तोलामा १ लाख ७३ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार ४ सयले घटेर प्रतितोला १ लाख ७३ हजार ४ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमवार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार पनि सोहि मूल्यमा कायम भएको छ ।