एकैदिन प्रतितोला २ हजारले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ चैत २७ बुधवार ११:२१
3.11K
shares
shares

काठमाडौं, २७ चैत । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलवार तोलामा १ लाख ७३ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बुधवार २ हजारले बढेर प्रतितोला १ लाख ७५ हजार ४ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ८३५ रुपैयाँमा कायम भएको छ ।

















