Dhulikhel Eco Banner new

राष्ट्र बैंकका तीन जना निर्देशक अवकाशमा, नयाँ नेतृत्वको जिम्मा उप्रेती, सिग्देल र खरेललाई

3.43K
shares

काठमाडौं, ३१ चैत । नेपाल राष्ट्र बैंकको पदपूर्ति समितिले तीन जनालाई कार्यकारी निर्देशकमा पदोन्नति गर्ने निर्णय गरेको छ।

पूर्व कार्यकारी निर्देशक मुकुन्द क्षेत्री, पिताम्बर भण्डारी र सुमनकुमार अधिकारीको अवकाशपछि खाली रहेको पदमा तीन जना निर्देशकलाई बढुवा गरिने भएको हो।

राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले गत शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कार्यकारी निर्देशकमा पदोन्नतिका लागि नाम प्रस्ताव गरिएका थिए।

पदोन्नतिका लागि नाम सिफारिसमा गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका निर्देशक चेतप्रसाद उप्रेती, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका निर्देशक रोशनकुमार सिग्देल र बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक डा. रामशरण खरेल परेका छन्।

पदोन्नतिपछि उनीहरूको विभाग कार्यवाहक गभर्नर निलम ढुंगानाले तोक्नेछिन्।